जेन-जी जन आन्दोलनको ऐतिहासिक जित: सरकारसँगको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित (पूर्ण पाठ)
काठमाडाैँ–
भ्रष्टाचार, कुशासन, दण्डहीनता र सामाजिक असमानताविरुद्ध सडकमा ओर्लेका जेन-जी पुस्ताको ऊर्जावान् आन्दोलनको बलमा तत्कालीन सरकार ढलेको तीन महिनापछि यो सम्झौता भएको हो। यसले लामो समयदेखि संस्थागत मागको औपचारिक मान्यता नपाएको आन्दोलनलाई वैधानिकता दिएको छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनमा दिवंगत र घाइते भएकाहरूको परिवारको तर्फबाट भोज विक्रम थापाले बुधबार (डिसेम्बर १०, २०२५) मा हस्ताक्षर गरेको यस सम्झौतालाई आजको मन्त्रिपरिषद बैठकले पारित गरी कार्यान्वयनको बाटो खोलेको छ।
नेपाल राजपत्रमा प्रकाशित जनादेशकाे पूर्णपाठ :
