माइतीघरमण्डलामा सामूहीक भाइटीका कार्यक्रम सम्पन्न
काठमाडौं, भदौ २५
जेन–जी आन्दोलनका अगुवाहरूले गत २३ र २४ भदौमा भएको दुई दिने कार्यक्रममा सबै जेन–जी समूहहरूबीच एकताको अपिल गरेका छन्। जेन जि युवाहरूले आज माइतीघरमण्डलमा आयोजना गरेकाे शहीदहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको थियो।
यस कार्यक्रममा शहीद परिवारका सदस्यहरू, घाइते तथा जेन–जी आन्दोलनका अगुवा र अभियन्ताहरू सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरूले राष्ट्रका लागि प्राण होमने शहीदहरूका सपना र आदर्शलाई साकार पार्न सबै जेन–जी समूहहरूबीच एकता र सहकार्यको अनिवार्यता माथि जोड दिए।
उनीहरूले शहीदहरूको बलिदान र त्यागलाई सम्झनुको साथै देशको सकारात्मक परिवर्तनमा योगदान दिन एकजुट रहने आह्वान गरे। यो कार्यक्रम जेन–जी आन्दोलनभित्र एकताको महत्व र सामूहिक प्रयासको आवश्यकतालाई पुनः केन्द्रमा राख्न सफल भएको छ।
