सांगठनिक गतिविधि

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल र मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालद्धारा फरक फरक ढङ्गले मिटरब्याज समस्याको उठान र यस समस्याका विरुद्ध सरकार समक्ष विभिन्न मागहरु राखि सडक संघर्ष गर्दै आएका थिए । समान मुद्धा र मागहरुलाई फरक तरिकाले संघर्ष गर्दा एउटै उद्देश्यसम्मको यात्रामा कठिनाई बाहेक केही उपलब्धी नहुने बारेमा दुबै संगठनका नेतृत्वबिचको समझदारी पश्चात एकताका निम्ति वार्ताको पहल भयो । दुबै संगठनबिच कुनै मत भिन्नता नरहेको अवस्थामा एकता प्रक्रियामा जाने कुरामा कुनै कठिनाई नरहेको आम पीडित जन समूदायमा न्यायप्राप्तिको नयाँ हर्सोल्लासमय खुसी व्यक्त गर्ने दिनको पर्खाइमा थिए । दुषित राजनीतिक स्वार्थभन्दा फरक तवरमा जनताको पीडालाई सुसंगठित ढङ्गले नेतृत्व गर्दै आएका दुबै संगठनका नेतृत्वबिच सहमतिमा पुग्न कुनै कठिनाई थिएन । जसको फलस्वरुप मिति २०८१ श्रावण २५ गते धनुषा जिल्लास्थित धनुषाधाममा आयोजित एकता घोषणा सभाबाट दुबै संगठनहरु एकभई मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालको घोषणा भयो ।
एकतापश्चात संगठनलाई व्यवस्थित स्वरुप दिनका लागि मिति २०८१ भाद्र ३० र ३१ गते सर्लाहीको मलंगवामा एकतापछिको प्रथम केन्द्रीय भेला आयोजना भयो । भेलाले संगठनलाई शसक्त बनाउँदै देशैभरका मिटरब्याज लगायत वित्तिय उत्पीडनदेखि समाजमा व्याप्त सबैखाले शोषण तथा उत्पीडन विरुद्ध नेतृत्व प्रदान गर्ने घोषणा समेत ग¥यो । राज्यले गरेको उपेक्षा र सामाजिक उत्तरदायित्व पाएका राजनीतिक संगठनहरुको सिमित स्वार्थ केवल सत्ता र कुर्सीको दाउका निम्ति सदियौँदेखि दुरुपयोग भइरहेका किसान, मजदुर तथा साना व्यवसायीहरुलाइ बाध्यताका विकल्पमा किसान मजदुर आन्दोलन, नेपाल आम शोषित तथा उत्पीडित नेपाली जनताका लागि आशाको ज्योति बनेर उदाउनु समयको माग हो ।
केन्द्रीय भेला पश्चात मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालसँग सम्बन्धीत विभिन्न कार्यक्रमका गतिविधिहरु यहाँ प्रस्तुत गरिएको छ । हामीले असोज १ गतेदेखि मंसिर ३० गतेसम्म भएका विभिन्न कार्यक्रमहरुका बारेमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौँ । देशैभर विभिन्न स्थानमा मिटरब्याज विरुद्धका सांगनिक गतिविधिलाई दस्तावेजिकरण गर्ने पहलस्वरुप यस कार्यको थालनि गरिएको हो । हामीले सुरुवात गरेको यस महत्वपूर्ण कार्यका लागि केन्द्रीय प्रकाशन विभाग अन्तर्गत रहेको श्रमिक प्रकाशन प्रा.लि. लाई विशेष धन्यवाद दिन चाहन्छौँ ।
सम्पूर्ण शोषित उत्पीडित जनता एक होऔँ !
वित्तिय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौँ !!