संयुक्त जन-अधिकार आन्दोलन, नेपालद्वारा देशव्यापी भेला तथा प्रशिक्षण आयाेजना

देशभर मिटरब्याज तथा वित्तीय शोषण विरुद्ध उठेको आवाज अहिले नयाँ चरणमा प्रवेश गरेको छ। मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको..

देशभर मिटरब्याज तथा वित्तीय शोषण विरुद्ध उठेको आवाज अहिले नयाँ चरणमा प्रवेश गरेको छ। मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपालको एकतापछि बनेको संयुक्त जनअधिकार आन्दोलन, नेपालले प्रदेश–प्रदेशमा एकपछि अर्को गरेर संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रमहरू सुरु गरेको छ।

कार्यक्रमहरूमा लघुवित्त तथा मिटरब्याजबाट पीडित किसान, मजदुर, श्रमिक महिला तथा स्थानीय समुदायको उपस्थिति उल्लेख्य रहेको छ। धेरैजसो कार्यक्रममा पीडितहरूले खुलेर आफ्नो समस्याहरू सुनाएका छन्। कसैले अत्यधिक ब्याजका कारण घरजग्गा गुमेको दुख पोखिरहेका छन्, कसैले लघुवित्त कर्मचारीका धम्की र अपमानका प्रसंग सुनाउँदै आँसु झारिरहेका छन्। “यो ऋण होइन, बन्धक बनाउने जाल हो,” एक महिलाले सम्बोधनको क्रममा भनेकि थिइन्।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा र मनिराम ज्ञवाली दुबै जना लगातार प्रदेशहरूका कार्यक्रममा एकसाथ यात्रामा रहेका छन्। साथै दुबै संगठनका अगुवाहरूकाे पनि उपस्थिति रहेकाे छ। उनीहरू विभिन्न प्रशिक्षण सत्रहरूमा सहभागीहरूलाई आर्थिक शोषणका कानुनी पक्ष, प्रतिरोधका रणनीति, समुदायस्तरमा संगठन विस्तारको तरिका र आगामी आन्दोलनका दिशा–निर्देशबारे विस्तृत जानकारी दिँदै हिँडिरहेका छन्।

प्रदेश–प्रदेशमा चलिरहेका यी कार्यक्रमहरूको मुख्य उद्देश्य संगठनलाई तल्लो तहसम्म विस्तार गर्नु, ऋणी परिवारहरूको वास्तविक अवस्था बुझ्नु, मनोबल बढाउनु र भविष्यको संघर्षका लागि आवश्यक नेतृत्व तयार गर्नु हो। प्रशिक्षणमा भाग लिएकाहरूले आफूहरू अझ सचेत, संगठित र आत्मविश्वासी भएको बताइरहेका छन्। जानकारी अनुसार आगामी केही हप्तासम्म सातै प्रदेशमा भेला तथा प्रशिक्षण कार्यक्रम निरन्तर चलाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

INQUILAB MAGAZINE

परिवर्तन र न्यायको पक्षमा एउटा सशक्त आवाज इन्कलाब म्यागजिन जहाँ हामी समाजका ओझेलमा परेका मुद्दा र भुइँमान्छेका आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्छौँ। सत्य तथ्य विश्लेषण र निष्पक्ष पत्रकारितामार्फत सामाजिक जागरण ल्याउनु नै हाम्रो मुख्य ध्येय हो। विचार, बहस र सूचनाको भरपर्दो संगमका लागि हामीसँगै जोडिनुहोस्।

Search the Archives