जेन जि आन्दोलनपछि प्रहरी नियन्त्रण र कानुनी सचेतना अभियान

काठमाडौं गत भाद्र २३ र २४ गते देशभर जेन जिहरूकाे उपस्थितिमा आन्दोलन भएकाे थियाे । पछिल्लाे समय उक्त आन्दोलनमा संलग्न आन्दोलनकारीहरूलाई प्रहरीले पक्राउ गर्न थालेकाे..

काठमाडौं

गत भाद्र २३ र २४ गते देशभर जेन जिहरूकाे उपस्थितिमा आन्दोलन भएकाे थियाे । पछिल्लाे समय उक्त आन्दोलनमा संलग्न आन्दोलनकारीहरूलाई प्रहरीले पक्राउ गर्न थालेकाे छ। प्रहरीकाे यस कदमलाइ लिएर “Gen Z Movement Alliance” ले नागरिक र आन्दोलनकारीहरूलाई कानुनी अधिकारबारे सचेत गराउने सामग्रीहरू सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा सामाजिक सञ्जालदेखि सडकसम्म युवाहरूको सक्रियता देखिए पनि पछिल्ला दिनमा प्रहरीद्वारा प्रदर्शनकारीहरू नियन्त्रणमा लिँदै लैजाने घटनाले आन्दोलन नयाँ मोडमा पुगेको देखिन्छ। संगठनले सामाजिक सञ्जालमार्फत कानुनी सल्लाहबारे विभिन्न इन्फोग्राफिक्सहरू तथा जानकारीमूलक पोस्ट सामग्रीहरू सार्वजनिक गर्दै आएको छ।

Alliance का अनुसार, “कानुनले प्रत्येक नागरिकलाई शान्तिपूर्ण विरोधको अधिकार दिएको हुँदा पक्राउ परेका व्यक्तिहरूले कानुनी सहयोग माग्न र न्यायिक प्रक्रियाकाे बाटाे खाेज्न सक्ने स्पष्ट व्यवस्था रहेकाे छ।” संगठनले प्रहरी नियन्त्रणमा परेका व्यक्तिहरूको अधिकारको रक्षा र कानुनी पहुँच सुनिश्चित गर्न वकिलहरूको सहयोगसमेत उपलब्ध गराउने जनाएको छ। मानवअधिकारकर्मीहरू र कानुनविद्हरूले Gen Z Movement Alliance को यो पहललाई नागरिक सचेतना र अधिकार सुरक्षाको दृष्टिले महत्त्वपूर्ण कदम बताएका छन्। उनीहरूका अनुसार, “कानुनी सचेतनाले आन्दोलनलाई संयमित, जिम्मेवार र लोकतान्त्रिक बनाउने अपेक्षा गरिएको छ।”

Gen Z Movement Alliance काे सामाजिक सञ्जालबाट प्राप्त सामग्रीहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

INQUILAB MAGAZINE

परिवर्तन र न्यायको पक्षमा एउटा सशक्त आवाज इन्कलाब म्यागजिन जहाँ हामी समाजका ओझेलमा परेका मुद्दा र भुइँमान्छेका आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्छौँ। सत्य तथ्य विश्लेषण र निष्पक्ष पत्रकारितामार्फत सामाजिक जागरण ल्याउनु नै हाम्रो मुख्य ध्येय हो। विचार, बहस र सूचनाको भरपर्दो संगमका लागि हामीसँगै जोडिनुहोस्।

Search the Archives