मिटरब्याज पीडितहरूलाइ संगठीत हुन आव्हान

मिटरब्याज पीडितहरूलाइ पछिल्लाे समयकाे परिस्थितलाइ मध्यनजर गरी पुन सडक संघर्षकाे तयारीमा जुट्न अनुराेध गरेकाे छ। संगठनकाे आधिकारीक फेसबुक पेज मार्फत अपिल गर्दै देशैभरका मिटरब्याज तथा..

मिटरब्याज पीडितहरूलाइ पछिल्लाे समयकाे परिस्थितलाइ मध्यनजर गरी पुन सडक संघर्षकाे तयारीमा जुट्न अनुराेध गरेकाे छ। संगठनकाे आधिकारीक फेसबुक पेज मार्फत अपिल गर्दै देशैभरका मिटरब्याज तथा वित्तीय शाेषणबाट उत्पीडित किसान, मजदुर तथा साना व्यवसायीहरूलाइ संगठीत हुन आव्हान गरेकाे छ।
हेर्नुहाेस् पुरा लेख…
https://www.facebook.com/share/1FNcwibtNj/

“हाम्रो संगठन मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल मिटरब्याज तथा वित्तिय शोषण विरुद्ध विगत ५ वर्षदेखि निरन्तर सडक संघर्षमा रहेको यहाँहरु सम्पूर्णमा जगजाहेर नै छ। आन्दोलनले दिएका उपलब्धीहरुलाई सदुपयोग गर्दै जाँदा हामीलाई केही राहत पनि मिलेको छ। तर मिटरब्याज प्रथाको जरैदेखि उन्मूलन हुनुपर्ने पक्षमा हामी दृढ छौँ।

गत श्रावण १० गते बसेको हाम्रो सचिवालयको वैठकले भाद्र २५ गतेदेखी “मिटरब्याज विरुद्ध राजधानी मार्च” आयोजना गर्ने निर्णय भएको गरेको थियो। सोही निर्णय अनुरुप तयारीमा रहे पनि देशको परिस्थिती अचानक फेरिएपछी हामीले पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरेका थियौँ। किनभने पछिल्लो समय भाद्र २३ र २४ गते Gen Z पुस्ताले आव्हान गरेको सहरी विद्रोहबाट भ्रष्टाचार र कुशासनले ग्रस्त सरकार ढाल्न सफल भयो। हाल सोही विद्रोहको फलस्वरुप अन्तरिम सरकार गठन भएको छ।

५ वर्षको अन्तरालमा हाम्रो संगठित आन्दोलनले विभिन्न सरकारहरुसँग विभिन्न समयमा सडक संघर्ष गरेका थियौँ। र केही सरकारको सिमिततालाई मध्यनजर गरि सहमति गर्दै उपलब्धीहरुलाई स्विकारेका थियौँ। तर आन्दोलन भने निरन्तर चलिनै रह्यो। किनकी हाम्रो उद्देश्य भनेको मिटरब्याज लगायत देशमा व्याप्त वित्तीय शोषणको जरैदेखी उन्मूलन गर्नु हो। त्यसकारण हामी थप मजबुत भएर हाम्रो आन्दोलनलाई संगठित र वैचारिक स्वरुपबाट अघि बढाउन सम्पूर्ण मिटरब्याज लगायत वित्तीय शोषण तथा उत्पीडनमा पर्नुभएका आम किसान, श्रमिक, मजदुर, साना व्यवसायी तथा आम जनसमुदायमा हार्दिक आव्हान गर्दछौँ।

संगठित बनौँ !

संघर्ष गरौँ !!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

INQUILAB MAGAZINE

परिवर्तन र न्यायको पक्षमा एउटा सशक्त आवाज इन्कलाब म्यागजिन जहाँ हामी समाजका ओझेलमा परेका मुद्दा र भुइँमान्छेका आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्छौँ। सत्य तथ्य विश्लेषण र निष्पक्ष पत्रकारितामार्फत सामाजिक जागरण ल्याउनु नै हाम्रो मुख्य ध्येय हो। विचार, बहस र सूचनाको भरपर्दो संगमका लागि हामीसँगै जोडिनुहोस्।

Search the Archives